अष्ट्रेलियाबाट २ सय १४ नेपाली स्वदेश फिर्ता – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

अष्ट्रेलियाबाट २ सय १४ नेपाली स्वदेश फिर्ता

    मा प्रकाशित

कनिका खबर
असार १४, काठमाडौँ ।
नोबेल कोरोना भाइरसका कारण अष्ट्रेलियामा अलपत्र परेका २ सय १४ नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई लिएर नेपाल वायु सेवा निगमको जहाज गएराति सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज अष्ट्रेलिया, मलेसिया हुँदै नेपाल आएको हो ।
विभिन्न देशमा अलपत्र नेपालीको उद्धारका लागि आज तीनवटा जहाज त्यसतर्फ उड्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हिमालय एयरलाइन्सको विमान आज दिउँसो साढे १ बजे मलेसियामा अलपत्र नेपालीको उद्धारका लागि जाँदैछ भने नेपाल एयरलाइन्सको एउटा विमान साँझ ७ बजे कतार जाँदैछ । नेपाल यरलाइन्सकै अर्को जहाज भने साँझ ७ बजेर १० मिनेटमा मलेसियाका लागि उड्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्