आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने, सतर्क रहन मौसमविद्को अनुरोध – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने, सतर्क रहन मौसमविद्को अनुरोध

    मा प्रकाशित

कनिका खबर
असार १४, काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति देशका सबै प्रदेशहरूमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
देशका अधिकांश ठाउँमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले त्यो क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्