सलह किराको विषयमा प्रदेश २ का कृषि वैज्ञानिकद्वारा अध्ययन सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

सलह किराको विषयमा प्रदेश २ का कृषि वैज्ञानिकद्वारा अध्ययन सुरु

    मा प्रकाशित

कनिका खबर
असार १४, जनकपुरधाम ।
प्रदेश नं २ का विभिन्न जिल्लामा सलह किरा देखिएपछि प्रदेश सरकारले अध्ययन सुरु गरेको छ । प्रदेशका कृषि वैज्ञानिकहरूको एक टोलीले सलह किराको विषयमा अध्ययन सुरु गरेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले किरा प्रवेशका सन्दर्भमा अध्ययन सुरू गरेको हो ।
कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेका छन् । राज्यमन्त्री यादवले हिजो बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको किरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले अध्ययन सुरु गरिएको बताए । वैज्ञानिकहरूले किराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत सुरु गरेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्