जन्मदिनमा क्वारअन्टिनमा खाद्य सामग्री – Kanika Khabar
Thursday, June 11Nepali News Portal

जन्मदिनमा क्वारअन्टिनमा खाद्य सामग्री

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
घोराहीका एक युवा व्यवसायीले आफ्नो जन्मदिन पारेर घोराही १५ स्थित क्वारअन्टिनमा रहेका नागरिकहरुलाई खाद्य सामग्री सहयोग गरेका छन् ।

घोराहीस्थित बेनेली मोटरसाईकल शो रुमका सञ्चालक सन्जिव पछाईँले आफ्नो जन्मदिनका अवसरमा घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना मावि क्वारअन्टिनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका हुन् । उनले घोराही १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेलाई क्वारअन्टिन स्थलमा चामल, दाल, नुन, तेल , अण्डा लगाएका खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

‘अहिले क्वारअन्टिनमा बसिरहनु भएका नागरिकहरुको खानपानमा थोरै भए पनि सहजता होओस् भन्ने उद्देश्यले मैले खाद्य सामग्री सहयोग गरेको हुँ,’ पछाईँले भने ‘जन्मदिनलाई सामाजिक कार्यमा उपयोग गरौँ भन्ने अभिलाषा जाग्यो ।’ सहयोग सामग्री बुझ्दै वडा अध्यक्ष पाण्डेले पछाईँले क्वारअन्टिनमा बसेकाहरुलाई गरेको सहयोगको प्रशंसा गरेका थिए । अहिले यो क्वारअन्टिनमा २२ जना नागरिक बस्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्