प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पाए १६९ सांसदकाे समर्थन – Kanika Khabar
Friday, May 3Nepali News Portal

प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पाए १६९ सांसदकाे समर्थन

    मा प्रकाशित

दाङ, १० पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन प्राप्त भएको छ ।

प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन् ।

३ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिएको छ । तर, समय सकिनुअघि नै प्रचण्ड राष्ट्रति भवन शीतलनिवासमा पुगेर १६९ सांसदको समर्थनसहित दाबी पेस गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्