सलह सिद्रा माछाभन्दा पनि पोसिलो हुन्छ : कृषिविज्ञ राई – Kanika Khabar
Friday, January 17Nepali News Portal

सलह सिद्रा माछाभन्दा पनि पोसिलो हुन्छ : कृषिविज्ञ राई

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
केही दिन अगाडि नेपाल भित्रिएको सलह नेपालभर विस्तार हुन थालेको छ । तराईबाट छिरेको सलह पहाड उक्लिसकेको छ । सलह नियन्त्रणका लागि विभिन्न प्रदेशले नीति बनाएका छन् । कृषिविद्सँग पनि लगातार परामर्श गरिरहेका छन् ।
यसैबिच कृषिविद् मदन राईले सलह नियन्त्रणका लागि सबै जुट्न आग्रह गरेका छन् । उनले सलहलाई विष हालेर नमार्न सुझाव दिएका छन् । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् राईले विषादी हालेर नमार्न आग्रह गरेका हुन् ।

उनले सलह सिद्रा माछा भन्दा पोसिलो हुने बताएका छन् । कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

कृषिविज्ञ राईले सलह समात्न अपनाउनुपर्ने विधि र टिप्स पनि दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सलह समाउने तरिका सुझाएका छन् ।

उनले लेखेका छन्, ‘यो बाक्लो आयो भने अलिक ठूलो कपडा दुई जनाले दुई छेउमा तानेर सलह छैकौँ ं। एकै ठाउँमा एकैपटक पाँचदस किलो समाउन सकिन्छ । पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने । सलह सबैजसो पंछीको खाना हो । जंगली पंछी पनि मोटाउने भो । मूख्य कुरा हाम्रो धान, कोदो,मकै, आलु, तरकारी, फलफुल बाली जोगाउनु हो । घाँस पनि जोगाऔँ । तर पहिलो अन्न ।

कसैले समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलोको नगद १०० रपियाँले १००० किलो सम्म ल्याए क्यास १ लाख नगद भूक्तानी हुनेछ ।
हामी १००० किलो मध्ये विद्यार्थीलाई मज्जाले भुटेर माछा मासुको सट्टामा विभिन्न परिकार बनाएर ख्वाउँछौं । केही हामी हामीसँग भएको पशुपंछीको दाना बनाउँछौ ं। सिद्राको सट्टामा यो प्रयोग गर्नेछौ ं। केही हामीसँग भएको सबै खाले पंछीलाई ख्वाउनेछौ ं।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्