सलहबाट हुने क्षति कम गर : काङ्ग्रेस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सलहबाट हुने क्षति कम गर : काङ्ग्रेस

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
नेपालमा बिस्तार हुँदै गएको सलहबाट हुने क्षति कम गर्न काङ्ग्रेसले सरकारलाई आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको क्षति कम गर्ने कदम चाल्न सरकारलाई सुझाव दिएको हो । कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरणको उचित उपाय निकाल्न आग्रह गरेको हो ।

पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो ।
सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ ।

काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्तिमा लेखेका छन् ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्