सन्दीप लामिछानेकाे मुद्दा हेर्न नभ्याइनेमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सन्दीप लामिछानेकाे मुद्दा हेर्न नभ्याइनेमा

    मा प्रकाशित

काठमाडौं, १४ पुस ।

सन्दीप लामिछानेकाे मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । लामिछानेले  आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । 

नाबालिका बलात्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जिकिर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्