आज थप ४ सय ६३ जनामा सङ्क्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो – Kanika Khabar
Thursday, June 11Nepali News Portal

आज थप ४ सय ६३ जनामा सङ्क्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
आज नेपालमा थप चार सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित जानकारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा गरी थप चार सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
नयाँ सङ्क्रमितमा महिला १ सय ५ र पुरुष ३ सय ५८ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या १२ हजार सात सय ७२ पुगेको छ ।
यसैगरी कोरोना निको हुनेको संख्या तीन हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र एक सय ६६ पुरुष गरी एक सय ७९ जना सङ्क्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्