मलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेको छ : ओली – Kanika Khabar
Friday, March 29Nepali News Portal

मलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेको छ : ओली

    मा प्रकाशित

कनिका खबर
असार १४, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव भएको दाबी गरेका छन् । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन बिभिन्न होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको उनको दाबी छ । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए । ओलीले नक्सा छापे बापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने स्पष्ट पारे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्