सरकारमा जाने वा नजाने भन्ने बारे नेकपा एसले स्थायी कमिटीमा छलफल गर्दै – Kanika Khabar
Friday, May 3Nepali News Portal

सरकारमा जाने वा नजाने भन्ने बारे नेकपा एसले स्थायी कमिटीमा छलफल गर्दै

    मा प्रकाशित

काठमाडौँ, १६ पुस ।
सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटीको बैठकबाट निर्णय लिने भएको छ । यसबारेमा छलफल गर्न नेकपा एसको स्थायी कमिटीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा ‘समसामयिक राजनीतिक अवस्था’ एजेण्डामा छलफल हुने नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार आज र भोलिसम्म स्थायी कमिटीमा छलफल हुन सक्छ भने पर्सिका लागि पोलिटब्यूरो बैठक बोलाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा जाने प्रस्ताव अनौपचारिक रूपमा आइरहेको र त्यस बारेमा नेताहरूको धारणा बुझेर आवश्यक निर्णय लिइने अनि चुनावको समीक्षा पनि गरिने उहाँको भनाइ छ ।

काँग्रेस नेतृत्वको यसअघिको गठबन्धन भत्किएपछि नेकपा एमालेलगायत दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन माओवादी केन्द्र, नेकपा एमालेका नेताहरूले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग छलफल गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्