सरकारमा सहभागिताको विषयमा नेकपा एसले आज निर्णय गर्ने – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सरकारमा सहभागिताको विषयमा नेकपा एसले आज निर्णय गर्ने

    मा प्रकाशित

काठमाडौँ, १७ पुस ।
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा आज निर्णय गर्ने भएको छ । हिजोबाट सुरु भएको स्थायी कमिटीको बैठकमा सरकारमा सहभागी हुनेनहुने विषयमा छलफल भए पनि आजसम्ममा औपचारिक निर्णय गर्ने सहमति भएको छ । त्यसको लागि आज फेरि बैठक बस्नेछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको स्थायी समिति बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो । काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किएपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ ।

सत्ता गठबन्धनले एकिकृत समाजवादीलाइ ३ मन्त्रालय दिने प्रस्ताव गरेको छ । राष्ट्रपति समेत प्रस्ताव गरेको चर्चा भइरहदा खतिवडाले भने नेकपा एस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्