एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै – Kanika Khabar
Friday, May 3Nepali News Portal

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, १८ पुस ।
समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

बैठकमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकको निष्कर्ष पेस गरिने र मङ्सिर ४ को चुनाव, फेरिएको सत्ता गठबन्धन, प्रचण्ड नेतृत्वको सरकारप्रतिको बुझाइलगायतबारेमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक सुरु हुनेछ ।

पोलिटब्यूरो बैठकपछि सरकार बारेको धारणा सार्वजनिक गर्ने तयारी भएको छ । अस्ति र हिजो चलेकोस्थायी कमिटी बैठकमा सरकारमा जानुपर्ने र नपर्ने दुवैथरी धारणा आएको नेताहरूले बताएका छन् । पोलिटब्यूरो बैठक भोलिसम्म चल्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्