आज बिहान २ सय ८९ नेपाली स्वदेश फर्किए – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आज बिहान २ सय ८९ नेपाली स्वदेश फर्किए

    मा प्रकाशित

कनिका खबर
असार १५, काठमाडौँ ।
विदेहमा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम जारी रहेको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण बिभिन्न देशमा अलपत्र परेका २ सय ८९ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको दुईवटा जहाजमार्फत दोहा र मलेसियामा अलपत्र परेका नेपालीहरूको उद्धार गरी ल्याइएको हो ।
आज बिहान करिब सवा ६ बजे निगमको एउटा जहाजले दोहाबाट १ सय ४८ जना नेपाली ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अर्को निगमको जहाजले मलेसियाबाट १ सय ४१ जना नेपाली ल्याएर अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । हिमालय एयरलाइन्सको एउटा जहाज भने औषधिजन्य सामग्री ल्याउनका लागि आज बिहान चीनतर्फ उडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्