हेलम्बु एफएममा आक्रमण – Kanika Khabar
Friday, March 28Nepali News Portal

हेलम्बु एफएममा आक्रमण

    मा प्रकाशित

कनिका खबर
असार १५, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गएराति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी गएराति करिब पौने ९ बजेको समयमा आक्रमण गरी कार्यालयमा क्षति पु¥याएका स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिए । स्थानीय भोजबहादुर थापा मगरले मादक पदार्थ सेवन गरी तथानाम गाली गलौज गर्दै बन्चरो प्रहार गरी कार्यालय भवनमा क्षति पु¥याएका लामाको भनाइ छ ।
प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको र घटनास्थलबाट एक थान बन्चरो समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफलेले बताए । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिन प्रशारण बन्द गरिने स्टेशन प्रमुख लामाले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्