मा प्रकाशित
कनिका खबर
असार १५, दाङ ।
कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज राष्ट्रिय धान दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिएका छन् ।