थप चार सय ७६ जना सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या १३ हजार दुइ सय ४८ – Kanika Khabar
Friday, March 29Nepali News Portal

थप चार सय ७६ जना सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या १३ हजार दुइ सय ४८

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं ।

बितेको २४ घण्टामा नेपालमा थप चार सय ७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारीका क्रममा काठमाडौंका ६ जनासहित चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

सङ्क्रमितमा एक सय १२ जना महिला र तीन सय ६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १३ हजार दुइ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३ महिला र एक सय आठ पुरुष गरी एक सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या तीन हजार एक सय ३४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्