धान दिवसका अवसरमा उदयपुरमा चक्लाबन्दी खेतीको उद्घाटन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

धान दिवसका अवसरमा उदयपुरमा चक्लाबन्दी खेतीको उद्घाटन

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिकामा चक्लाबन्दी खेती सुरु गरिएको एक सय ६० विघा खेतमा आज धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ । त्रियुगा नगरपालिका–१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज चक्लाबन्दी खेतीको उद्घाटन गर्नुभएको छ । त्यस क्रममा उहाँले कृषि उत्पादनको लागत घटाउन चक्लाबन्दी खेती नै मुख्य उपाय भएको बताउनुभयो । नेपालको भन्दा भारतबाट आयातित चामल सस्तो पर्न थालेको भन्दै मन्त्री भुसालले खेतीको लागत घटाउन चक्लाबन्दी खेतीमै जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उदयपुरको यस चक्लाबन्दी खेतीमा १० कठ्ठा बराबर एक गरा बनाएर खेती शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र, उदयपुर, ग्रामीण वातावरणीय विकास केन्द्र, समाजसेवी समूह लगायतका विभिन्न नौ संस्थाको साझेदारीमा खेती शुरु गरिएको हो । यहाँ आज नै केही क्षेत्रफलमा मेसिनद्वारा धान रोपिएको छ । मन्त्री भुसालले अब कृषिको अनुदान बिउ र मलमा मात्र दिने पनि बताउनुभयो । कात्रोमा समेत कर उठाउने अनि त्यो रकम अनुदानका नाममा जथाभावी बाँड्नु ठीक नहुने उहाँको भनाइ छ । मन्त्री भुसालले कृषिमा लागत कटाएर २० प्रतिशत नाफा सुनिश्चित हुने गरी मूल्य तोक्ने पनि बताउनुभयो । यदि उक्त मूल्यमा बिक्री नभए सरकारले किनिदिने पनि उहाँले बताउनुभयो ।

कृषिसँग सम्बन्धित सबै कार्यक्रम प्रदेशमा दिने तयारी भइरहेको मन्त्री भुसालको भनाइ छ । प्रदेश एकका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले ठूलो क्षेत्रफलमा शुरु भएको चक्लाबन्दी खेतीले व्यवसायिक खेती गर्नका लागि प्रोत्साहन दिने बताउनुभयो । उहाँले जथाभावी विभिन्न बालीको जोन घोषणा गरेर बजेट सक्ने काममात्र भएको भन्दै जोनसम्बन्धी कार्यक्रम प्रदेश सरकारलाई दिन माग गर्नुभयो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले निकै मेहनतका साथ चाक्लाबन्दी खेती शुरु गरिएको भन्दै उहाँले यसले सफलता पाउने बताउनुभयो । नगरभित्रका अन्य वडामा पनि चाक्लाबन्दी शुरु गरिने उहाँको भनाइ छ । प्रमुख चौधरीले कृषि उपज बिक्री नहोला कि भनेर चिन्ता नलिन किसानलाई आग्रह गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्