विविध कार्यक्रम गरी आज देशैभर विभिन्न कार्यक्रम गरि धान दिवस मनाइयो – Kanika Khabar
Thursday, April 30Nepali News Portal

विविध कार्यक्रम गरी आज देशैभर विभिन्न कार्यक्रम गरि धान दिवस मनाइयो

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, दाङ
आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइयो । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्(नार्क)ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

रोपाइँ कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताउनुभयो । उहाँले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातको रोपाइँ भइरहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको बताउनुभयो । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा ‘हर्दिनाथ हाइब्रिड–१’ र ‘हर्दिनाथ हाइब्रिड–३’ जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानको आत्मबल बढाउने गरेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्