भक्तपुरमा साथीको हत्या गर्ने पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भक्तपुरमा साथीको हत्या गर्ने पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, भक्तपुर
भक्तपुरमा आपसी झगडा हुँदा एकजनाले आफ्नै साथीको हत्या गरेका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका चार गहिटी क्षेत्रमा मजदुरी गर्ने ३० वर्षका इन्द्रबहादुर तामाङले आपसी विवादमा साथी कृष्ण तामाङको हत्या गरेको प्रहरीले जनाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मृतक कृष्णको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेका हुन् । उनलाइ पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्