भारतले बढाएर पठायाे इन्धनकाे मूल्य सूचि – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भारतले बढाएर पठायाे इन्धनकाे मूल्य सूचि

    मा प्रकाशित

दाङ, १८ माघ ।
भारतले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूचि पठाएको छ ।
भारतबाट इन्धनको मूल्य बढेर आएको हाे । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको छ।

यसअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ। पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले महँगिएर आएको निगमले जनाएको छ। मटीतेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्