घोराहीमा हुने कृषि प्रदर्शनीमा महानायक राजेश हमाललगायतका कलाकारहरु आउने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

घोराहीमा हुने कृषि प्रदर्शनीमा महानायक राजेश हमाललगायतका कलाकारहरु आउने

    मा प्रकाशित

हिमाल महरा

दाङ, १८ माघ ।

दाङको घोराहीमा सञ्चालन हुन लागेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९को तयारी तिब्र पारिएको छ । प्रदर्शनीमा आउने कलाकारहरुको नाम समेत बुधवार सार्वजनिक गरिएको छ ।

‘‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिकोआधार’ भन्ने मुल नाराका साथ प्रदर्शनी यहीँ फागुन ३ देखि १३ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौरा सुरु हुदै छ ।

प्रदर्शनीमा महानायक राजेश हमाल, नायकहरु आर्यन सिग्देल,रमित ढुंगाना तथा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, प्रमोद खरेल, मेलिन राई, शान्ति श्री परियार , एलिना चौहान, पुष्कर शर्मा, ज्योति मगर, एस कुमार लगायतका करिब ८० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।

नेपाल घरेलु तथा सानाउद्योग महासंघ दाङको आयोजनामा हुने प्रदर्शनीको तयारी तीब्र पारिएको संघका अध्यक्ष तथा मूल आयोजक समितिको संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । प्रदर्शनी सञ्चानलन हुने मिति नजिकिएसंगै तयारी तीब्र पारिएको हो ।

त्यस्तै दाङ जिल्ला र यस प्रदेशलाई राष्ट्रिय रुपमै पर्यटनको माध्यमले चिनाउन जिल्लाका र प्रदेशका प्रमुख पर्यटन गन्तव्य र मौलिक कला सस्कृतिको सम्भाव्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउन तथा राष्ट्रिय प्रर्यटन प्रवर्धन र प्रदेशको अर्थतन्त्र विकासमा विकासकमा टेवा पुर्याउने प्रमुख उद्देश्य एवं लक्ष्यको रुपमा लिएर प्रदर्शनी आयोजना गरिएको मूल आयोजक समितिको संयोजक मजगैयाँले बताउनु भयो ।
प्रदर्शनीमा करिब ३ सयको हाराहारीमा स्टलहरु रहने छन । जस्मा लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, क्षेत्रका स्टलहरु रहने छन् र प्रदेशभरिका महासंघआबद्ध एक सय स्टल निःशुल्क हुने पनि आयोजकले जनाएको छ ।

यसैगरी प्रदर्शनी अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्