संसदमा रास्वपाका सभापति लामिछानेको संसद पद रिक्त रहेकाे जानकारी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

संसदमा रास्वपाका सभापति लामिछानेको संसद पद रिक्त रहेकाे जानकारी

    मा प्रकाशित

काठमाडौं, १८ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराइएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराएका हुन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएकाे पत्रबारे सदनलाई जानकारी गराएका थिए ।

बैठकमा सभामुख घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएकाे पत्र पढेर सुनाए । उनले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको व्यहाेरा बैठकमा जानकारी गराए ।

प्रतिनिधि सभाको अर्को बैठक यही माघ २२ गते आइतवार दिउँसाे १ बजे बस्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्