मधेस सरकार अझै भएन पूर्ण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मधेस सरकार अझै भएन पूर्ण

    मा प्रकाशित

काठमाडौँ, १८ माघ ।
मधेस प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएको तीन साता पुग्न लाग्दासमेत सरकार गठन अझै पुरा भएको छैन ।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा परिपरिषद् विस्तार हुन नसकेको हो । केन्द्रीय गठबन्धन अनुरुप मधेस सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) ले सत्ता साझेदारी गरेका छन् ।
तर एउटै मन्त्रालयमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि मुख्यमन्त्री यादवलाई मन्त्रिपरिषद् विस्तार गर्न कठिनाइ भएको छ । सत्तारूढ दलहरूबीच जनमत पार्टीलाई सामाजिक विकास मन्त्रालय दिनेगरी सहमती भएको थियो । तर सहमती विपरित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिईएकाले सामाजिक विकासमा आफ्नो अडान अझै कायम रहेको जनमत पार्टीका नेताहरूले बताएका छन् ।

जसपाभित्रै पनि मन्त्रालयका विषयमा आन्तरिक विवाद रहेकाले मधेस सरकार गठन पुर्ण हुन नसकेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्