निर्वाचनमा खर्च नभएको करिब तीन अर्व रूपैयाँ आयोगले फिर्ता गर्ने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

निर्वाचनमा खर्च नभएको करिब तीन अर्व रूपैयाँ आयोगले फिर्ता गर्ने

    मा प्रकाशित

काठमाडौँ, २० माघ ।
प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब रूपैयाँ निर्वाचन आयोगले फिर्ता गर्ने भएको छ ।

गत मङ्सिर ४ गते भएको निर्वाचनको समीक्षाका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको बताउनुभयो । उहाँले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताउनुभयो ।

नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्