अर्थतन्त्रमा समस्या छ : प्रधानमन्त्री – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अर्थतन्त्रमा समस्या छ : प्रधानमन्त्री

    मा प्रकाशित

काठमाडौँ, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले सिङ्गो अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताउनुभएको छ । तर केही सकारात्मक सङ्केत पनि देखिएको भन्दै प्रधानमन्त्रीले यी समस्या हल गर्ने अठोट लिएको बताउनुभयो ।

साथै उहाँले आफूले तेश्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको बताउनुभयो । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उहाँको भनाइ थियो ।

पछिल्लो समय बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको दाबी गर्दै उहाँले अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा ढुक्क रहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्