माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, २१ माघ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । यसअघि पटक–पटक मिति तय गरेर स्थगित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाईएको माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यब्यस्तताका कारण यसअघि पटक–पटक बैठक सर्दै आएको थियो । गत बिहीबार केहीबेर बसेको स्थायी कमिटी बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थयो ।

हिजोका लागि बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित गरेर आजका लागि बोलाइएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्