मौसम डायरी : तराईमा हुस्सु र हिमालका केही ठाउँमा हिमपातको सम्भावना – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मौसम डायरी : तराईमा हुस्सु र हिमालका केही ठाउँमा हिमपातको सम्भावना

    मा प्रकाशित

दाङ, २१ माघ ।
आज देशभरको मौसम सामान्यतया सफा हुने भएपनि दिउँसो हिमाली जिल्लाका केही भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा अरु स्थानको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्