आज विश्व क्यान्सर दिवस मनाईँदै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज विश्व क्यान्सर दिवस मनाईँदै

    मा प्रकाशित

दाङ, २१ माघ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आइएको आज विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाईँदै छ ।

विश्वभर मनाईने यो दिवसका लागि यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ नारा तर गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।

समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरहरूले बताएका छन् ।

क्यान्सरबाट बच्नको लागि जाँडरक्सी र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न, प्याकेटका खानेकुरा सकभर नखान पनि डाक्टरहरूले आग्रह गरेका छन् । क्यान्सरको सङ्केत देखिएमा तत्कालै उपचार गर्न उनिहरूले भनेका छन् । अहिले नेपालमै क्यान्सरको उपचार हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्