अन्नपूर्ण माविको ३६ औं वार्षिकोत्सव – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अन्नपूर्ण माविको ३६ औं वार्षिकोत्सव

    मा प्रकाशित

घोराही । अन्नपूर्ण आवासीय माध्यमिक विद्यालय घोराही–१८ को ३६ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुमबहादुर केसीको अध्यक्षता एवं घोराही–१८ का अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनोज रसाईलीको मेरी बास्सैको टिमले बेस्सरी हँसाएको थियो । तिनको राजनीतिक छेड र विद्यार्थीलाई अध्ययनमा केन्द्रित हुने सन्देशसहितको कमेडी प्रस्तुतिले मनोरञ्जन दिएको थियो । त्यस अवसरमा विद्यार्थीले हप्किडोको डेमो प्रदर्शनी, गीत र नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा नियमित विद्यालय आउने विद्यार्थी श्रीजोल पौडेललाई सम्मान गरिएको थियो । नियमित उपस्थित हुने शिक्षक कृष्णा चौधरी, स्मार्ट स्टुडेन्ट सानिया अली र अनुशासित विद्यार्थी रिहाना खातुनलाई पनि सम्मान गरिएको थियो । साथै गत शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सातौं राष्ट्रिय हप्किडो प्रतियोगितामा दोस्रो भई सिल्भर मेडल हासिल गर्ने विद्यार्थी विकास घर्ती मगरलाई श्रीन्सस्मृति पुरस्कारले सम्मान गरिएको थियो । पुरस्कारका संरक्षक इच्छा बुढाले एक हजार दुई सय नगदसहितको पुरस्कार र कदरपत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी छात्रा बासना पुनलाई विभिन्न कलामा उत्कृष्ट भएकोमा एक हजार दुई सय नगदसहितको विष्णु स्मृति पुरस्कार प्रदान गरिएको थियो । हप्कीडो प्रशिक्षक एवं विद्यालयका शिक्षक अनिता भण्डारीलाई कदरपत्रले सम्मान गरिएको थियो । विद्यालयका विद्यार्थी श्रीजोल पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रिन्सिपल चिन्तामणि बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अतिथिहरु प्याव्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, विद्यालयका सञ्चालक शरद अधिकारी, विद्यार्थी अञ्जु पुन, अभिभावकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षकहरु सुशीला अधिकारी र मनोज पोख्रेलले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्