लिटल एञ्जलको २६ओैँ वार्षिकोत्सव – Kanika Khabar
Sunday, May 19Nepali News Portal

लिटल एञ्जलको २६ओैँ वार्षिकोत्सव

    मा प्रकाशित

घोराही । लिटल एञ्जल स्कुल घोराही–१८ को २६ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णचन्द्र गिरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा एकदेखि माथिका विद्यार्थीले आफै बनाएका आर्टहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले बनाएका आर्टको ब्रिफिङ गर्थे । यसैगरी विद्यार्थीले विज्ञान प्रदर्शनी पनि गरेका थिए । विज्ञान शिक्षक कृष्णप्रकाश बिसीले समन्वय गर्नुभएको थियो । वन जोगाएर पृथ्वी बचाउने उपाय सिकाउन संरक्षणको तरिका चित्रमार्फत देखाइएको थियो । भिरालो जमिनको चक्लाबन्दी गरी पहिरोबाट नोक्सान हुन नदिने उपाय दिएका थिए । भूकम्प आउँदा साइरन बजाउने प्रविधि, चोर पस्दा सूचना दिने यन्त्र पनि बनाएका थिए । अतिथि र अभिभावकले निकै चासो दिएर तिनका बारेमा सोधिखोजी गरेका थिए ।

विद्यार्थीले चिल्लीकटिङ मेशिन बनाएका थिए । तीन चोटि थपडी बजाउँदा बल्ने र एकचोटि बजाउँदा निभ्ने बत्ती थियो । अँध्यारो भएपछि आफै बल्ने र उज्यालोमा निभ्ने बल्ब पनि बालेर देखाएका थिए । आगो लागेपछि आफै निभाउने प्रविधि पनि बनाएका थिए । उनीहरुमध्ये उत्कृष्टलाई सम्मान गरिएको थियो । अभिभावकले घुइँचो लागेर कला तथा प्रदर्शनी अवलोकन गरेका थिए । विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीलगायतले विद्यार्थीहरुसँग जिज्ञासा राख्नुभएको थियो ।

स्कुलका भाइस प्रिन्सिपल विमलकुमार रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उत्कृष्ट शिक्षक गीता बिसीलाई सम्मान गरिएको थियो । सो अवसरमा प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रिन्सिपल यादव गिरीले प्रस्तुत गर्नुभएको थियो । अधिकांश समय विद्यार्थीका कलाकृति, गीत नृत्यमै लगाइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षकहरु सुस्मिता जीएम र सपना बस्नेतले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्