सगरमाथाकाे २९ ओैँ वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सगरमाथाकाे २९ ओैँ वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

दाङ, २७ माघ ।

दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ४ गाेग्लीस्थित सगरमाथा सेकेन्डरी बाेर्डिङ स्कुलकाे २९ ओैँ वार्षिकोत्सव सम्पन्न भएकाे छ ।

आज शुक्रबार विद्यालयले एक समारोहकाे आयाेजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेकाे हाे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमलाल रानाकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीकाे प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धिका पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे । साथै वार्षिकोत्वका अवसरमा आयाेजना गरिएकाे खेलकुद सप्ताहमा उत्कृष्ट हुने सदन तथा विद्यार्थीहरूलाई पनि पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रम विद्यार्थीहरूले चेतनामूलक नाटक, तेक्वान्दो, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजाति तथा भूगोलका प्रतिनिधित्व गर्ने नृत्यले सांस्कृतिक महाेत्सवकाे झल्काे दिएका थिए।

कार्यक्रममा अभिभाहरूले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पाेषण न्याैपानेले शैक्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरी, विशिष्ट अतिथि तथा प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावत, अतिथि प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्द लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कक्षा १० की छात्रा इशा यादवले पनि मन्तव्य राखेकी थिइन् ।

सञ्चालक समितिका सदस्य बसन्त बहादुर जिएमकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षिका पुनम जिएमले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्