मनाङ कोरोनामुक्त – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

मनाङ कोरोनामुक्त

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
हिमाली जिल्ला मनाङमा ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई मनाङ कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित हिजो कोरोनामुक्त भएसँगै मनाङ कारोनामुक्त जिल्ला भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा स्थायी ठेगाना कपिलवस्तुको वाणगंगा घर भई मनाङमा कार्यरत ५७ वर्षीय कर्मचारी घर फर्किएसँगै मनाङ कोरोना मुक्त जिल्ला भएको हो । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत ५७ वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचर्यले बताए ।
मनाङमा ३० जनाको पिसीआर परिक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परिक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ६ बेडको आइसोलेसनमा हाल कोही पनि नभएकोे जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्