पर्ल एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

पर्ल एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

No description available.दाङ, २८ माघ ।
दाङको घोराही उपमहानगरपालिका वडा न. १५ रतनपुरस्थित पर्ल एकेडेमीको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज शनिबार विद्यालयले एक समारोहको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भूपलाल अर्जेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै गत शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

जिल्ला स्तरीय तेक्वान्दोमा २५ केजी तौलमा तृतीय हुने इशान खड्का र २८ केजी तौलमा तृतीय हुने एस बुढाथोकीलाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका सचिव आदिम केसी, विशिष्ट अतिथि जिल्ल प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वली, घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, अभिभावक टिआर गौतम, रतनपुर टोल विकास संस्थाका अध्यक्ष रमेश केसी, प्राज्ञिक विद्यार्थी परिषद् घोराही नगरका सचिव मनिष बञ्जाडे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रिन्सिपल द्रोणराज पोख्रेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैभन्दा बढी विद्यालयका उपस्थित हुने शिक्षकका रुपमा लक्ष्मी पोख्रेल र विश्वमाया पोख्रेललाई सम्मान गरिएको थियो ।

शिक्षक गीता बिकको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण शिक्षक पवन सुवेदीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्