उचाइ लिदै भूपूको ‘लैले बरै’ (भिडियोसहित) – Kanika Khabar
Friday, May 3Nepali News Portal

उचाइ लिदै भूपूको ‘लैले बरै’ (भिडियोसहित)

    मा प्रकाशित

दाङ, २९ माघ ।
गायक तथा संगीतकार भूपू पाण्डेको ‘लैले बरै’ बोलको गीतले अहिले बजार तताउन थालेको छ । टिपिकल लोक गीतका रुपमा सांगीतिक बजारमा ल्याइएको प्रस्तुत गीतले यतिबेला सामाजिक सञ्जालमा समेत बर्चस्व कायम गरेको छ ।

६७ वर्षीया नन्दा पन्तको शब्द तथा लय संकलन रेहको गीतमा नन्दा थापाको मुख्य स्वर रहेको छ । सामूहिक स्वर भूपू पाण्डे, रमेश कडारिया, श्याम ढकाल, नरेन्द्र वियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मी कार्कीले साथ दिएका छन् । जन्मथलो गोरखा रहेको पन्त हाल काठमाडौँको रानीवनमा बस्दै आएकी छिन् । त्यसो त छोराबुहारी अस्ट्रेलियामा रहेका उनी बढी समय त अस्ट्रेलियामा बिताउँदै आएकी छिन् । पछिल्लो समयमा गीत रेकर्डकै लागि पन्त अस्ट्रलियाबाट नेपाल आएकी हुन् ।

‘पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा टिपिकल गीत कम मात्रामा आइरहेका बेला टिपिकल लोक गीतका लागि प्रयास थालेको हुँ । पछिल्लो समयमा स्रोता तथा दर्शकले मन पराइदिनुभएको छ । सबैसबैप्रति कृतज्ञ छौँ ।’ गायक पाण्डेले भने, ‘सुरुमा त यति पनि भिउज जाला भन्ने सोचेका थिएनौँ, पाश्चात्य बाजाले गाँजेको नेपाली सांगीतिक बजारमा टिपिकल गीत त्यो पनि टिपिकल बाजाका साथमा ल्याउनु चुनौति थियो हाम्रो लागि । दर्शक स्रोताले मन पराइदिनुभएको छ, हाम्रो लागि यही नै उत्साह बनेको छ ।’

प्रस्तुत गीतलाई समीर कार्कीले रेकर्डिङ गरेका छने भने भुपू पाण्डे मिक्सिङ गरेका छन् । कुमार लामिछानेले मादल, अनिल गन्धर्वले सारङ्गी र सञ्जीव मैनालीले बाँसुरीको धुन भरेका छन् । वेभ स्टुडियोमा रेकर्डिङ गरिएको प्रस्तुत गीतको भिडियो निर्देशन रमेश पाठकले गरेका छन् । योगेश दाहलको छायाङ्कन रहेको प्रस्तुत भिडियोका सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीतलाई भुपू पाण्डे युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्