राजनीति घनचक्कर : प्रधानमन्त्री भेट्न ओली बालुवाटारमा – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

राजनीति घनचक्कर : प्रधानमन्त्री भेट्न ओली बालुवाटारमा

    मा प्रकाशित
फाइल तस्बिर

काठमाडौँ, ४ फागुन ।
चुनावी गठबन्धन ताेड्दै नयाँ सत्ता गठबन्धन बनेपछि नेपाली राजनीति घनचक्करकाे भुमरीमा फसेकाे छ । राष्ट्रपतिकाे निर्वाचनलाई लिएर राजनीतिक तरलताले कसरी ठाेस रूप लिने भन्नेमा दलहरू नै अलमलमा छन् ।
यसैबीच नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा बालुवाटार पुगेका ओलीले समसामयिक राजनीतिका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

माओवादी राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा रहेको छ भने एमालेका उम्मेदवारलाई मत दिनुपर्ने अध्यक्ष ओलीको जिकिर छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्