प्रधानमन्त्री राजीनामा देऊ : स्थायी कमिटी बैठक – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

प्रधानमन्त्री राजीनामा देऊ : स्थायी कमिटी बैठक

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
पछिल्लो समयमा प्रधानमन्त्री केपस् शर्मा ओली आफ्नै अभिव्यक्तिका कारण अफ्ठ्यारोमा परेका छन् । आइतबार भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको अभिव्यक्ति दिएपछि ओली विवादित बन्न पुगेका हुन् ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी बैठकमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरु पनि लागि परेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएका थिए । आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो ? भन्दै प्रश्न गरेका छन् ।
आजको बैठकमा बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् । शुक्रबार र शनिबार सीमा समस्या लगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बैठकहरू गरेको भन्ने अभिव्यक्ति दिएपछि राजीनामा तिर मोडिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्