एक हजार ५ सय ३ यात्रुलाई जगातीबाट फर्काइयो – Kanika Khabar
Friday, April 19Nepali News Portal

एक हजार ५ सय ३ यात्रुलाई जगातीबाट फर्काइयो

    मा प्रकाशित

कनिका खबर
असार १६, भक्तपुर ।
सवारी पास अनुमति बिना काठमाडाँै उपत्यका आउन खोजेका मध्ये एक हप्तामा १ हजार ५ सय ३ यात्रुलाई जगाती बाट प्रहरीले फर्काएको छ । असार ८ गते देखि १४ गतेसम्ममा ६ सय ६७ सवारी साधनबाट काठमाडौं छिर्न खोज्ने ती यात्रुहरुलाई सम्बन्धित जिल्लामा फर्काइएको महानगरीय प्रहरी बिट जगातिका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।
दैनिक दुई, तीन सयको हाराहारीमा यात्रुहरु विना पास काठमाडौ आउन खोजेको उल्लेख गर्दै उनले उनीहरुलाइ फर्काइएको जानकारी दिए । सम्बन्धित जिल्लाबाटै बिना पास काठमाडौं आउनेहरुलाई फर्काएको भए उनीहरुले दुःख नपाउने उनले बताए । भक्तपुरसम्म आइपुगेपछि फर्कनुपर्दा यात्रुलाई दुःख लाग्ने भएकाले सम्बन्धित जिल्लाबाटै रोक्न सके कोरना भाइरसको जोखिम व्यवस्थापन हुने पनि उनले बताए । उपत्यका भित्रिएका सवारी र यात्रुको विवरण जगाती चेक पोष्टले नियमित राख्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्