नागरिकता बिधेयकमा जसपाको बिरोध  – Kanika Khabar
Friday, January 17Nepali News Portal

नागरिकता बिधेयकमा जसपाको बिरोध 

    मा प्रकाशित

कनिका संवाददाता
असार १६, काठमाडौं
संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी जसपाले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ सहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ । यो व्यवस्था विभेदकारी भएको भन्दै जसपाले विरोध गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्