पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री ढकाललाई काँग्रेसको ध्यानाकर्षण – Kanika Khabar
Friday, March 29Nepali News Portal

पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री ढकाललाई काँग्रेसको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
असार १६, काठमाडौं
नेपाली काँग्रेसले क्वारेन्टाइनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गठन गरेको कोरोना पछि उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले आज बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टाइनहरू नै कोरोना फैलाउने माध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले व्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले सीआईएनलाई जानकारी दिनुभयो । भेटमा स्वास्थ्य मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताउनुभएको र सकेसम्म पारदर्शी हुने प्रयास गर्ने बताउनुभएको डा. महतको भनाइ छ ।

परीक्षण दैनिक १० हजार गर्ने गरी तयारी भएको पनि स्वास्थ्य मन्त्री ढकालले बताउनुभएको छ । स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण गराउन डा. महतको नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भण्डारी, गगन कुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी स्वास्थ्य मन्त्रालयमा पुग्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्