चाँगुनारायण नगरपालिकामा जडीबुटी र फलफूलका बिरुवा रोपियो – Kanika Khabar
Friday, March 28Nepali News Portal

चाँगुनारायण नगरपालिकामा जडीबुटी र फलफूलका बिरुवा रोपियो

    मा प्रकाशित

कनिका संवाददाता
असार १६, भक्तपुर
भक्तपुरका सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले भक्तपुरका वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आम्दानि हुने प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । सामुदायिका बनमा कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्