कोभिड १९ को स्रोत पत्ता लगाउन टोली चीन पठाउन लागिएको डब्लुएचओको भनाइ – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

कोभिड १९ को स्रोत पत्ता लगाउन टोली चीन पठाउन लागिएको डब्लुएचओको भनाइ

    मा प्रकाशित

कनिका डेस्क
असार १६, दाङ
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड १९ को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको छ । डब्ल्यूएचओले आगामी साता यो टोली अध्ययनका लागि चीन जाने बताएको छ । टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्लुयूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको चेतावनी दिइसकेको छ ।

डब्लुयूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले भाइरसको बारेमा सबै कुरा थाहा भएको भए राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताउनुभएको छ । अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्लुयूएचओका प्रमुखको विश्वास छ । टोलीमा को, को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्