महेन्द्र नमुना माध्यमिक विद्यालयको ६२औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

महेन्द्र नमुना माध्यमिक विद्यालयको ६२औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

    मा प्रकाशित

हिमाल महरा
फागुन १८, घोराही ।

महेन्द्र नमुना माध्यमिक विद्यालयले ६२ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । बंगलाचुलि गाउँपालिका वडा नम्बर ३ स्थित विद्यालय परिसरमा पुर्ब शिक्षकलाई सम्मान गर्दै तथा वार्षिक अतिरिक्त क्रीयाकलालका बिजेतालाई पुरस्कार वितरण गरेर विद्यालयले आफ्नो ६२औं वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन (सुबाश) ले सामुदायिक विद्यालयमध्ये श्री महेन्द्र नमुना मा.वि. पालिकाकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिका र आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पुनले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताए ।

विशिष्ट अतिथि बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्ने बताए । उनले प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिए ।

महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी दाङको शिक्षक अविभावक संघका अध्यक्ष शिवे दमाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बंगलाचुली वडा नं. ३ को वडा अध्यक्ष एबम विद्यालय व्यवस्थापन समितका अध्यक्ष शोभाराज विश्वकर्मा, बंगलाचुली वडा नं. ४ को वडा अध्यक्ष डाँस बहादुर डाँगी ,विद्यालय व्यवस्थापन समितका पुर्ब अध्यक्ष तेज प्रसाद भुसाल , पुर्ब शिक्षक दत्तात्रय अधिकारी , लालमणी शर्मा, शिवराज पौडेल, गिरिराज लम्साल लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयको आर्थिक तथा संस्थागत कार्यप्रगति विवरण विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर वुढाले प्रस्तुत गर्नुभएको थियो ।

शिक्षक खेमराज शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक चेतनाथ पौडेलले गर्नु भएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्