कोलगेट नेपाल स्पेल बि ग्राउन्ड अडिसन दाङ : सुरज, उत्सव र आदर्श छनौट – Kanika Khabar
Sunday, May 19Nepali News Portal

कोलगेट नेपाल स्पेल बि ग्राउन्ड अडिसन दाङ : सुरज, उत्सव र आदर्श छनौट

    मा प्रकाशित

May be an image of one or more people and people standingदाङ, १८ फागुन ।
कोलगेट नेपाल स्पेल बि सिजन ५ का लागि दाङबाट सुरज केसी र उत्सव घिमिरे र आदर्श अधिकारी छनौट भएका छन् । दाङको घोराहीस्थित दाङ भ्याली कलेजमा भएको ग्राउन्ड अडिसनमा तुलसीपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विज्ञान समूहका सुरज केसी, घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत विज्ञान समूहका उत्सव घिमिरे र दाङ भ्याली कलेजका कक्षा ११ मा विज्ञान समूहमा अध्ययनरत आदर्श अधिकारी छनौट भएका हुन् । उनीहरुले जिल्लाभरका करिब एक सय प्रतिस्पर्धीलाई पछि पार्दै छनौट भएका हुन् ।

कोलगेट नेपाल स्पेल बि राष्ट्रियस्तरको प्रतियोगिता कार्यक्रम हो । छनौट भएका केसी र घिमिरे र अधिकारीले देशभरबाट छनौट भएकासँग काठमाडौँमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँमा हुने कार्यक्रमको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्