एसइइको रजिस्ट्रेसन फाराम खुल्यो – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एसइइको रजिस्ट्रेसन फाराम खुल्यो

    मा प्रकाशित

दाङ, १९ फागुन ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिस्ट्रेसन फाराम खुला गरेको छ । २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनका लागि हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि बाेर्डले फाराम खुला गरेकाे हाे ।

आज शुक्रबार एक सुचना जारी गरि कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भगरी/भराउन अनुरोध गरेको छ ।

 

धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।
‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’ जारी सुचनामा उल्लेख छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।

फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न भराउन सक्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्