राष्ट्रसेवक कर्मचारीमाथिको अभद्र व्यवहार दुःखद् : कर्मचारी युनियन – Kanika Khabar
Friday, May 17Nepali News Portal

राष्ट्रसेवक कर्मचारीमाथिको अभद्र व्यवहार दुःखद् : कर्मचारी युनियन

    मा प्रकाशित

दाङ,२० फागुन । नेपाल निजामति कर्मचारी युनियन दाङले शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै भएको गालीगलौज र धम्कीपूर्ण अभद्र व्यवहार दुःखद भएको बताएको छ ।

नेपाल निजामति कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारीले शनिवार एक प्रेस विज्ञप्ति निकाल्दै शुक्रवार कार्यकक्षमै काम गरिरहेको अवस्थामा शान्तिनगर गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष सुनिल वली कार्यकक्षमै प्रवेश गरेर आफु अनुकुल काम नभएको बहानामा अशोभनिय व्यवहार प्रदर्शन गरी राष्ट्रसेवक कर्मचारीमाथि भएको अपशव्द प्रयोग र अभद्र व्यवहारको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

जनताको कामप्रति समर्पित राष्ट्रसेवक कर्मचारीमाथि भएको गालीगलौज र धम्कीपूर्ण व्यवहारको घोर निन्दा गर्दै यस्ता गतिविधिहरु आगामी दिनहरुमा दोहोरिन नदिन र जनताको कामप्रति समर्पित कर्मचारीहरुलाई शान्तिपूर्ण तरिकाले काम गर्ने बातावरण सिर्जना गर्न र पीडित पक्षलाई न्याय दिलाई दोषीउपर कानून बमोजिम कारवार्ही गर्न समेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

साथै पछिल्लो समय कार्यकक्षमा नै प्रवेश गरी जनप्रतिनिधिबाट कर्मचारीको मानमर्दन गरी कमृचारीहरलाई हतोत्साहित गर्ने,÷गराउने क्रियाकलापहरु निरन्तर रुपमा भैरहेको भन्दै यस्ता कार्यहरुलाई रोक्नका लागि कार्यस्थलमा भरपर्दाे शान्ति सुरक्षाको व्यवस्था गर्न समेत सम्वन्धित निकाय निकायसँग नेपाल निजामति कर्मचारी युनियनले माग गरेको छ ।

वडा अध्यक्ष वलीले आफु अनुकुलको काम नभएको भन्दै शुक्रवार शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्कामाथि गालीगलौज र अभद्र व्यवहारका साथै टेवल उठाएर हान्न खोजेको आरोप लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्