प्याब्सन घाेराहीकाे प्रअ भेला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, May 17Nepali News Portal

प्याब्सन घाेराहीकाे प्रअ भेला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

दाङ, २० फागुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रअ भेला सम्पन्न भएकाे छ ।

दाङकाे घाेराहीस्थित मनकामना इङलिस सकेन्डरी स्कुलमा एक कार्यक्रमकाे आयाेजना गरी प्याब्सन घाेराहीले प्रअ भेला सम्पन्न गरेकाे हाे ।

भेलामा शैक्षिक सत्र २०७९ काे वार्षिक परीक्षा, नयाँ शैक्षिक सत्रकाे सुभारम्भ, शैक्षिक क्यालेन्डर निर्माण लगायतका विषयमा छलफल गर्दै एक रूपता कायम गर्ने निर्णय गरिएको छ ।

प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापाकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

यसैबीच प्याब्सन घाेराही नगरकाे आयाेजनामा आधारभूत तह तथा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएकाे छ ।
प्रतियोगितामा २४ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्