महायज्ञबाट ७ लाख बढी बचत – Kanika Khabar
Friday, May 17Nepali News Portal

महायज्ञबाट ७ लाख बढी बचत

    मा प्रकाशित

दाङ, २० फागुन ।

महायज्ञबाट ७ लाख बढी बचत तत्काल भवन निमार्ण थालिने
दाङको घरोही ९ तेघरामा रहेको शिव पाञ्चायन मन्दीरले महयज्ञबाट भएको आर्थिक संकलन आज सार्वजनिक गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा भएको भेलामा फुगुन ६ गते देखि १३ गतेसम्म सञ्चालन गरिएको श्रीमद भागवन ज्ञान महायज्ञबाट मन्दिरले ७ लाख २२ हजार ९ सय ५१ रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराइएको थियो ।
आजको भोलाले मन्दिर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निमार्णको उद्देश्यले सञ्चालन भएको महायज्ञमा दान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यसैगरी भेलाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा ११ सदस्य रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्र निमार्ण उपभाक्ता समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भिउराम खड्का सचिबमा ऋषीराज पौडेल, सहसचिबमा मोहन बिक्रम बस्नेत कोषाध्यक्षमा झुपा खड्का र सदस्यहरुमा शुसिला बस्नेत, शबु शाह,शुकमती चौधरी, गोवर्धन ओली, पदम कवर तथा अमर भण्डारी रहनु भएको छ् ।
त्यसैगरी मोहन बहादुर डाँगीको संयोजकत्वमा ५ सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको छ । जसको सदस्यमा टोपेन्द्र भट्राइ, पुना थापा, झग्गुप्रसाद गौतम र बलदेव पुरी रहनु भएको छ ।
भेलाले तत्कालै जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन निमार्ण थाल्ने र अपुग रकम बिभिन्न सरोकारवाला निकायबाट संपलन गर्ने पनि बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्