मेरिगाेल्डमा अभिभावक शिक्षा कार्यक्रम – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मेरिगाेल्डमा अभिभावक शिक्षा कार्यक्रम

    मा प्रकाशित

दाङ, २१ फागुन
दाङकाे तुलसीपुर स्थित मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्का पूर्व आर. पि मुकुन्द रिजाल र ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा अभिभावक लिना गाैतमले आफ्नाे धारणा तथा कार्यक्रमकाे उपलब्धिका बारेमा बिचार राखेकी थिइन् । विद्यालयले बालबालिकालाई मात्र नभई अभिभावकलाई समेत शिक्षा दिने उद्देश्यले आयाेजना गरेकाे कार्यक्रम अभिभावकका लागि लाभदायी भएकाे गाैतमले बताइन् । उनले भनिन् , ` छाेराछाेरी स्कुल पठाएर ढुक्क हुने हामीले आज धेरै कुरा सिक्याैँ, बुझ्याैँ, छाेराछाेरी स्कुलमा भर्ना गरेर, स्कुल पठाएर मात्र अभिभावककाे जिम्मेवारी पूरा नहुँदाे रहेछ । ´
विद्यालयका प्रिन्सिपल बासुदेव रिजालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण साेमराज बस्नेतले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्