तुलसीपुरमा खुकुरी प्रहार हुँदा एक युवक घाइते – Kanika Khabar
Friday, May 17Nepali News Portal

तुलसीपुरमा खुकुरी प्रहार हुँदा एक युवक घाइते

    मा प्रकाशित

दाङ, २१ फागुन ।

दाङको तुलसीपुर ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षका दिपेश कौसल रहेका छन् । घाइते को राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको आमा दिलमाया नेपालीले जानकारी दिनुभयो ।

बेलुकी पाँच बजे तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुसाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पिडित परिवारले जानकारी दिएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र खोजी कार्य जारी रहेको बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्